मूलपानी र विराटनगरको क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजना

बजेट २०८१/८२

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा लागि खेल पूर्वाधारका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसद्को दुवै सदनलाई संवोधन गर्दै अर्थमन्त्री पुनले सुर्खेतमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई ६० करोड बजेट विनियोजन गरेका छन् । मूलपानीको क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने अर्थमन्त्रीले बताए । 
भरतपुरमा रहेको गौतम बुद्ध क्रिकेट रंगशालालाई संघ, प्रदेश र स्थानीय तह संलग्न भएर बनाउने, त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्ने बताए । खेल पूर्वाधार लागि १ अर्ब ३० करोड विनियोजन गरेको जानकारी दिए ।

उनले आगामी आर्थिक वर्षमा राष्ट्रिय स्तरका ८० खेलकुद प्रतियोगिता हुने र बाघचाल, डन्डिबियो र घोडचढी जस्ता परम्परागत खेललाई प्रवर्द्धन गरिने बताए । युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको हो । 

खेलकुदमा महिला सहभागिता बढाइने जनाइएको छ । ओलम्पिक र एसियाली खेलकुदमा लागि राष्ट्रिय टिम तयार गरेर प्रशिक्षण गर्ने जनाइएको छ । आगामी आर्थिक वर्षमा ८० वटा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने जनाइएको छ । 

शिक्षकलाई खेलकुदको तालिम दिई विद्यालय तहमा खेल प्रवर्द्धन गर्ने जनाइएको छ । निजी संघ संस्था तथा कम्पनी संस्थालाई खेलकुदमा आबद्ध गरिने छ ।

प्रतिक्रिया