पत्रकार महासंघमा समाजवादी प्रेस संगठनकाे ताला

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै महासंघको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गरिएको संगठनले जनाएकाे छ ।

संगठनले पत्रकारहरूको सदस्यताको अन्तिम नामावली खारेजीको माग गरेका छ । गत जेठ ८ गतेको सहमतिविपरीत महासंघले गैर पत्रकारहरूलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएको त्यसको खारेजीको माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नुपरेको संगठनका अध्यक्ष विश्वमणि सुदेवीले बताए ।

प्रतिक्रिया