नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आइतबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औँल्याएको हो ।
शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१-५) मा महिला शिक्षकको संख्या ५४.१ प्रतिशत पुगेको छ । शैक्षिक सत्र २०७९ मा यो संख्या ४७.२ प्रतिशत थियो ।
एक वर्षको अवधिमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ । यद्यपि माध्यामिक तह (कक्षा (९-१२) मा भने महिला शिक्षकको संख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया