पर्यटन : नेपालको जिडिपीमा योगदान कति ?

पर्यटनबाट जिडिपीमा सबैभन्दा धेरै योगदान आरुबा नामक सानो टापु देशको रहेको देखिन्छ । जुन देशको जिडिपीमा पर्यटनको योगदान ४१ दशमलब २६ प्रतिशत रहेको छ भने दोस्रोमा माल्दिभ्स रहेको छ । माल्दिभ्सको जिडिपीमा पर्यटनको योगदान ३७ दशमलब ६१ रहेको छ । त्यस्तै गरेर तेस्रोमा मकाउ रहेको छ । मकाउको जिडिपीमा पर्यटनको योगदान ३७ दशमलब शून्य सात प्रतिशत रहेको । चौथो स्थानमा रहेको एन्टिगुवा एन्ड बारबाडोेसको जिडिपीमा पर्यटनको योगदान २९ दशमलब ३७ प्रतिशत रहेको छ ।

निनाम लोवात्ती

केही समयअघि एक दैनिक पत्रिकामा आएको समाचारअनुसार नेपालको कुल ग्रार्हस्त उत्पादन अथवा भनौं जिडिपीमा समग्र पर्यटन ३ दशमलव ७७ प्रतिशत योगदान पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यलय, नेपाल पर्यटन बोर्ड , राष्ट्र बैंक र विश्व पर्यटन संगठनले संयुक्त रुपमा गरेको ‘टुरिज्म सेटलाईट एकाउन्ट’ को सुरुवाती अध्ययन अनुसार नेपालको कुल ग्रार्हस्त उत्पानमा पर्यटन क्षेत्रबाट ३ दशमलब ७७ सतत्तर प्रतिशत योगदान पुगेको हो । सो अध्ययनअनुसार ११ दशमलब ५ पाँच प्रतिशत रोजगारी सिर्जना भएको छ, पर्यर्टन क्षेत्रबाट ।

हुन पनि लामो समयदेखि विश्वका विभिन्नि देशको ‘कुल ग्रार्हस्त उत्पादन’ मा पर्यटन उद्योगबाट प्रमुख योगदान रहने गरेको देखिन्छ भने केही देशको ‘कुल ग्रार्हस्त उत्पादन’ मा चाहिँ नगन्य मात्रै योगदान रहेको देखिन्छ । तथ्यांक हेर्दा विभिन्न देशको जिडिपीमा पर्यटन उद्योगबाट फरकफरक योगदान रहेको देखिन्छ । हुन पनि कुनै वेला (कोरोना महामारीअघि) विश्वको केही देशको कुल ग्रार्हस्त उत्पादनमा पर्यटन उद्योगबाट ५२ देखि ५८ प्रतिशतसम्म योगदान रहेको थियो भने केही देशको ‘कुल ग्रार्हस्थ उत्पादन’मा केवल शुन्य दशमलव ००२ देखि शुन्य दशमलव ००५ प्रतिशतसम्म मात्रै रहेको थियो । केही देशको जिडिपीमा आधाभन्दा बढीे योगदान पर्यटन उद्योगबाट रहेको देखिन्छ भने केही देशको जिडिपीमा पर्यटन उद्योगको योगदान अत्यन्तै न्युन रहेको देखिन्छ ।

अहिले विश्वमा १ सय ९५ वटा स्वतन्त्र र अरु देशको छाता मुनी रहेका १५ वटा स–साना टापु देशहरु गरेर २ सय २० वटा देश रहेको मानिन्छ । सन् २०१९ को डिसेम्बरदेखि पैmलन सुरु भएको नोभेलकोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा सन् २०२० मा विश्व पर्यटन आगमनमा एकै पटक ७४ प्रतिशतले गिरावट आयो । विश्व पर्यटनको तथ्यांक हेर्दाखेरि के देखिन्छ भने सन् २०१९ मा एक दशमलब पाँच बिलियन पर्यटकले विश्वका विभिन्न देशको भ्रमण गरेका थिए । तर सन् २०२० मा चाहिँ चार सय १५ मिलियन पर्यटक मात्रै विश्वका विभिन्न देश भ्रमण गरे । त्यस्तै गरेर स्न २०२१ मा त अझै घटेर चार सय मिलियिन पर्यटकले मात्रै विश्वको विभिन्न देशको भ्रमण गरेका थिए । तर सन् २०२२ मा विश्व पर्यटन र विश्वभरिका पर्यटन व्यवसायीहरुका लागि केही राम्रो प्रगति भयो । किनभने सन् २०२२ मा एकैचोटि नौ सय ६० मिलियन मानिसहरु विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लेका थिए । त्यस्तै गरेर सन् २०२३ मा नौ सय ७५ मिलियन पर्यटक विश्वका विभिन्न देश भ्रमण गर्न निक्ले । सो तथ्यांक हालै संयुक्त राष्ट्र संघ मातहत रहेको ‘विश्व पर्यटन संगठन (डब्लुटिओ)’ ले प्रकाशित गरेको छ । यो तथ्यांक भनेको सन् २०१९ मा विश्व भ्रमण गर्न निक्लिएका पर्यटकको संख्या भेटाउन अब लगभग १० प्रतिशत मात्रै बाँकी रहेको अवस्था हो ।

सन् २०२० ताका विश्वभरिका पर्यटन विज्ञ र विशेषज्ञहरुले कोरोना महामारीले सन् २०२१/२२ मा स्वाभाविक रुपमा विदा लिएमा मात्रै विश्व पर्यटनले सन् २०१९ वा सो समयभन्दा अघिको गतिमा पुग्न कम्तिमा पनि सन् २०२३/२४ सम्म लाग्न सक्ने बताएका थिए । विश्व पर्यटन संख्या र गतिविधि अझ अघि बढ्नका लागि चाहिँ सन् २०२५/२६ सम्म लाग्ने अनुमान गरेका थिए । कोरोना महामारीले बीचमैमा स्वाभाविक रुपमा विदा लिएन, त्यसको सट्टा अस्वाभाविक रुपमा अनेक खाले र झन् नयाँ–नयाँ भेरियन्ट (उत्परिवर्तन) को रुप लिएर आयो, फैलियो । जस्तो कि ‘अल्फा’, ‘डेल्टा’, ‘बेटा’, ‘गामा’, ‘ओमिक्रोन’ आदिको विकास भयो । तर पटक फेरि ‘ओमिक्रोन’को विभिन्न उप समूहहरु बन्ने र पैmलने क्रममा अहिले फेरि ‘जेएन–१’ नामक कोरोना भाइरस फैलिरहेको अवस्था छ । त्यसैले मानिसह फेरि पनि के हुने हो, कसो हुने हो ? शंकामा रहेका छन् । तापनि स्मरणीय के छ भने, ओमिक्रोनको पछिल्लो पटक पैmलन थालेको ‘जेएन–वान’ नामक भाइरस त्यति खतरनाक भने नभएको भनी भाइरल रोग विज्ञ तथा जनस्वास्थ्य विदहरुले किटानी साथ भनेका छन् ।

कोरोना महामारी पछिको नेपाली पर्यटनको सन्दर्भमा कुरो गर्र्दा नेपालमा सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा माईनस ८० दशमलब सात प्रतिशत हो । त्यस्तै गरेर सन् २०२१ मा पनि अघिल्लो वर्ष (सन् २०२०) को तुलनामा लगभग ४६ प्रतिशतले कम अर्थात् एक लाख ५० हजार ९६२ जना विदेशी पर्यटकहरुले मात्रै नेपाल भ्रमण गरे । तर सन् २०२२ मा भने नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढेर ६ लाख १४ हजार ८६९ जना पुगेको थियो भने सन् २०२३ मा त अनपेक्षित रुपमा बढेर १० लाख १४ हजार ८७६ जना विदेशी पर्यटकहरु नेपाल भ्रमण गर्न आए ।

तर जिडिपीमा भने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट खासै योगदान पुग्न सकेको देखिदैन । किनभने ‘द ग्लोबल इकोनोमी डट कम’ का अनुसार सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको योगदान शून्य दशमलब एकहत्तर प्रतिशत रहेको देखिन्छ । सन् २०२० मा पर्यटनबाट जिडिपीमा सबैभन्दा धेरै योगदान आरुबा नामक सानो टापु देशको रहेको देखिन्छ । जुन देशको जिडिपीमा पर्यटनको योगदान ४१ दशमलब २६ प्रतिशत रहेको छ भने दोस्रोमा माल्दिभ्स रहेको छ । माल्दिभ्सको जिडिपीमा पर्यटनको योगदान ३७ दशमलब ६१ रहेको छ । त्यस्तै गरेर तेस्रोमा मकाउ रहेको छ । मकाउको जिडिपीमा पर्यटनको योगदान ३७ दशमलब शून्य सात प्रतिशत रहेको । चौथो स्थानमा रहेको एन्टिगुवा एन्ड बारबाडोेसको जिडिपीमा पर्यटनको योगदान २९ दशमलब ३७ प्रतिशत रहेको छ भने पाँचौंमा सेसेल्स रहेको छ । एकदमै सानो टापु देश सेसेल्सको जिडिपीमा पर्यटनको योगदान १९ दशमलब २६ प्रतिशत रहेको छ । स्मरण रहोस् माथिका सबै देशहरु स–सना टापु देशहरु हुन् ।

त्यस्तै विश्वको समग्र पर्यटन सम्बन्धी अध्ययन गर्ने विश्वस्तरीय संस्था ‘द ग्लोबल इकोनोमी डट कम’ ले सन् २०२० मा प्रकाशित गरेको तथ्यांकअनुसार पर्यटनक्षेत्रबाट विश्वमा सबैभन्दा कम जिडिपीमा योगदान गर्ने पाँच देशहरुमा गिनिया शून्य दशमलब शून्य एक प्रतिशत, अल्जेरियाको जिडिपीमा पर्यटनको योगदान शून्य दशमलब शून्य तीन प्रतिशत रहेको छ । त्यस्तै गरेर अंगोलाको जिडिपीमा पर्यटनको योगदान शून्य दशमलब शून्य चार प्रतिशत रहेको छ भने बंगलादेशको जिडिपीमा पर्यटन क्षेत्रको योगदान केवल शून्य दशमलब शून्य छ प्रतिशत रहेको छ । नाईजेरियाको जिडिपीमा पर्यटन क्षेत्रको योगदान शून्य दशमलब शून्य सात प्रतिशत रहेको छ

प्रतिक्रिया