नेसनल लाइफका अभिकर्तालाई मुक्तिनाथ भ्रमण

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८० असोज र कात्तिक महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल २०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताहरूलाई मुस्ताङको मनोरम दृश्य अवलोकन गराउने र त्यहाँ अवस्थित नेपालको मुख्य तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उद्देश्यले भ्रमण आयोजना गरिएको हो ।

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवद्र्धन हुनुका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताहरूबीच आपसमा अन्तक्र्रिया भई अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा प्रत्यक्ष लाभ पुग्ने भएकाले कम्पनीले यस प्रकारको योजना ल्याएको र अभिकर्ताहरूको उत्साहजनक उपस्थितिले योजना अत्यन्तै सफल भएको बताए ।

प्रतिक्रिया