वायु प्रदुषणको असर र ७० लाखको मृत्यु

विज्ञहरूका अनुसार नेपालको राजधानी काठमाडौं विश्वकै ५० प्रदुषित सहरमध्ये पहिलो नम्बरमा रहेको छ । डा.माधव अधिकारीले ‘नेपाल समाचारपत्र दैनिक’मा लेखेको एक लेखअनुसार वायुको गुणस्तर सूचांक काठमाडांैको रत्नपार्कमा ३७१, ललितपुरको भैंसेपाटीमा ३२९, र भक्तपुरमा २१६, चितवनको सौराहामा २१० अंक रहेको थियो । जबकि सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार भने, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कम राम्रो हो ।

निनाम लोवात्ती

हामीमध्ये कतिपयलाई वायु प्रदुषणका हुने अनेकौँ रोगहरूका बारेमा खासै ज्ञान रहेको हुँदैन । हुन पनि हामी सबैमा वायु प्रदुषणबाट हुने अनेकौँ रोग र यसका दीर्घकालीन असरका बारेमा ज्ञान नहुनु कुनै अनौठो होइन । किनभने, वायु प्रदुषणकै कारण जलवायु परिवर्तनका हुने र जलवायु प्रदुषणका कारण नै ठुल्ठूला प्राकृतिक प्रकोप र मानवीय क्षति हुने गरेको धेरै कम मानिसहरूलाई मात्रै थाहा छ । तर, यसरी वायु प्रदुषण गर्नका लागि विश्वभरि नै को जिम्मेवार ? भन्ने प्रश्न उब्जिएको देखिन्छ । यसरी अनपेक्षित रूपमा पृथ्वीमा वायु प्रदुषण हुनु, त्यसैका कारण जलवायु परिवर्तन हुनुमा पृथ्वीका अरू जीव–जन्तुहरूको केही दोष रहेको छैन ।

हो, पृथ्वीमा यसरी अनपेक्षित रूपमा जलवायु परिवर्तन हुनुमा हामी मानवको मुख्य दोष रहेको छ । त्यसमा पनि अविकशित, अल्पविकशित र विकासशील देशका मानवको तुलनामा विकशित र औद्योगिक देशका मानवको ठूलो र मुख्य दोष रहेको भन्ने भनाइ रहेको छ । त्यसमा पनि पछिल्लोपटक जलवायु परिवर्तनका लागि मुख्य गरेर चीन, भारत, ब्राजिल, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, इरान, भियतनाम, तुर्किए (टर्की), थाइल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान आदि विकासशील देश पनि जिम्मेवार र दोषी रहेको भन्ने विकशित र औद्योगिक देशको आरोप छ । खासमा यो आरोप मात्रै नभएर तथ्य–तथ्यांकले पनि बताउने वास्तविकता हो । नेपालजस्तो देशहरूचाहिँ अरू देशका कारण ओजोन तह नष्ट भएको कारण, वायु प्रदुषण बढेको कारण र मौसम परिवर्तनमा परेको असरका आइपरेको वा भविष्यमा आइपर्ने आपतलाई कसरी सामना गर्ने ? सोच्न वाध्य भएका छन् ।

वायु प्रदुषणका कारण हुने जलवायु र मौसम परिवर्तन सम्बन्धमा अध्ययन गरिरहेका वैज्ञानिकहरूका अनुसार अबको ४० वर्षपछि ओजोन तहको तह पूर्ववत तहमा फर्किनेछ । खोजकर्ता तथा वैज्ञानिकहरूका अनुसार ओजोन तह क्षय (प्वाल पर्नु) हुनुमा उद्योग, कलकारखानामा प्रयोग हुने रसायन प्रमुख कारक तत्व हो । यसरी रूपमा असामान्य ढंगले बढ्दै गएको जलवायु परिवर्तन र मौसम परिवर्तनका कारण ओजोन तह क्षय (प्वाल पर्ने क्रम बढ्दै) हुने क्रमसँगै विश्वका धेरै देशमा असामायिक रूपमा पानी पर्ने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधी बेहरी आउने, हिउँ पग्लने, हावा चल्ने हुन्डरी आउने, समुन्द्रमा पानीको सतह बढ्ने अत्यधिक चिसो बढ्ने आदि क्रम बढ्दै गएको देखिन्छ ।

हुन पनि २०७७ सालको पुस–माघ महिनामा कठमाडौंमा तीन दिनसम्म कुहिरो, हुस्सु र तुवाँलो लाग्नाले पटक्कै घाम लागेन । त्यो बेला घाम नलागेको मात्रै होइन, हावा पनि चलेन । फलतः ‘बाउल–कचौरा’ आकारको काठमाडांै उपत्यकालाई अरू समयमा भन्दा बढी वायु प्रदुषणले च्यापेको थियो । चिसो पनि सामान्य अवस्थामा भन्दा अत्यधिक बढेको अवस्था थियो । त्यसो त विश्व स्वास्थ्य संगठन–वल्र्ड हेल्थ अर्गनाईजेसन (डब्लुएचओ) ले केही वर्षअघि प्रकाशित गरेको वायु प्रदुषणसम्बन्धी एक अध्ययन प्रतिवेदनअनुसार वायु प्रदुषणका कारण विश्वका विभिन्न देशमा वर्षैपिच्छे ७० लाख मानिसहरूले अल्पायुमै आप्mनो अमूल्य जीवन गुमाइरहेका छन् ।

वास्तवमा वायु प्रदुषणको प्रमुख कारण औद्योगिक उत्पादन, उद्योगधन्दा र कलकारखाना प्रयोग हुने रसायन प्रमुख कारण भनी माथि नै उल्लेख भएको छ । त्यसो भए तापनि अत्यधिक छिटो गतिमा भइरहेको जलवायु परिवर्तन र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मान्ने गरिन्छ । विज्ञहरूका अनुसार नेपालको राजधानी काठमाडौं विश्वकै ५० प्रदुषित सहरमध्ये पहिलो नम्बरमा रहेको छ । डा.माधव अधिकारीले ‘नेपाल समाचारपत्र दैनिक’मा लेखेको एक लेखअनुसार वायुको गुणस्तर सूचांक काठमाडौंको रत्नपार्कमा ३७१, ललितपुरको भैंसेपाटीमा ३२९, र भक्तपुरमा २१६, चितवनको सौराहामा २१० अंक रहेको थियो । जबकि सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार भने, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कम राम्रो हो । त्यस्तै ५१ देखि १०० सम्म सामान्य हो भने, २०१ भन्दा माथि अस्वस्थ्यकर हो । साथै ३०१ भन्दा माथि घातक हुन्छ ।

यसरी हेर्दा नेपालमा जहाँजहाँ वायुको गुणस्तर सूचांक (एक्युआई) मापन गरिएको थियो, ती सबै ठाउँमा वायुको गुणस्तर सूचांक (एक्युआई) अत्यधिक घातक रहेको देखिन्थ्यो । हाम्रो देश नेपाललगायत अरू धेरै अल्पविकशित देशहरूमा वायु प्रदुषण बढ्नुमा ३०, ३५, ४० वर्षभन्दा पुराना बस, कार, जिप, भ्यान, मोटरसाइकललगायत गाडीहरू अझै पनि चल्न दिनु हो । पुराना बस, कार, जिप, भ्यान, मोटरसाइकललगायत गाडी चलाउनेहरूका अनुसार यस्ता सवारी साधनमा सरकारले बढी कर लिइरहेको छ । साथै युरो पाँच–६ मापदण्ड पूरा नभएको पेट्रोल, डिजेल, मट्टितेल, ग्यास, कोइलालगायत औद्योगिक इन्धनहरूको प्रयोग बढ्दो छ । धेरैजसो नेपालीको घरमा भात–भान्सा तयार गर्न काठ–दाउराको प्रयोग गर्ने, गोबरको गुइँठा बाल्ने भुस र फुसलाई इन्धनका रूपमा प्रयोग गर्ने गर्नाले पनि नेपालमा वायु प्रदुषण बढ्नमा सहयोग पुग्ने गरेको देखिन्छ ।

गएको केही वर्षदेखि चीन, अस्टे«लिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानडा लगायतका देशमा कैयौँ दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वन–जंगलमा लगातार रूपमा लाग्ने गरेको आगलागी र डढेलोले पनि वायु प्रदुषण बढाउनका लागि सहायक भूमिका खेलेको देखन्छ । यसरी हेर्दा धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदुषण बढ्दो क्रम रहेको देखिन्छ । त्यसैले यसको असर कम गर्न सम्बन्धित विषयमा चासो राख्ने विषय विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविदलगायत जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदुषणका बारेमा चिन्ता व्यक्त गर्दै सक्दो आवाज उठाउँदै आएका छन् । त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने वातावरण विनास, हिमनदी पग्लने क्रम र, यसले हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो आदि रोक्नका लागि कसले जिम्मेवारी लिने ? र, यसका रोकथामका लागि कस–कसले कसरी काम गर्ने ? भन्ने विषयमा हालसम्म मतैक्य हुन सकेको छैन ।

ओजोन तहको क्षयीकरण रोक्नका लागि वायु प्रदुषण वायु प्रदुषणका कारण हुने जलवायु परिवर्तनका साथै मौसम परिवर्तनमा आएको ठूलो उथलपुथलसँगै अबको ५० वर्षमा अरू धेरै कुरोका साथै कञ्चन, स्वच्छ र शुद्ध पिउने पानीको संकट सबैभन्दा बढी खतराको रूपमा आइपर्ने देखिन्छ । साथै अर्को खाद्यान्न संकट पनि ठूलै समस्याका रूपमा देखापर्ने देखिन्छ । विज्ञहरूको मुख्य भनाइ के रहेको छ भने, वायु प्रदुषण नै मान्छेहरूका लागि विभिन्न रोग सार्ने–सर्ने प्रमुख माध्यममध्ये एक हो । यसरी हेर्दा जलवायु परिवर्तनको समस्या एक देश, एक क्षेत्र, एक समुदाय वा समूह, एक वर्ग, एक लिंग, जातजाति विशेषले मात्रै ध्यान दिएर पुग्ने विषय होइन ।

त्यसैले हामीले हाम्रो पृथ्वीलाई पछिसम्म बचाइराख्न, हाम्रो जीवनलाई स्वस्थ्य र दुरुस्तताका साथ बचाइराख्नका लागि सकेसम्म ओजोन तहको क्षयीकरण रोक्नुपर्ने र वायु प्रदुषण कम गर्नुपर्ने हुन्छ । साथै जलवायु र मौसम परिवर्तनलाई स्थिर राख्नका लागि हामी सबै मिलेर प्रयास गर्नुपर्ने देखिन्छ । त्यसो त विश्वका प्रायः सबै देशका सरकार प्रमुख, शिक्षाविद् तथा योजनाविदहरूले वायु प्रदुषको स्तर यसरी नै बढ्दै गएमा भविष्यमा अत्यन्तै डरलाग्दो स्थिति एवं अनुमान नै गर्न नसकिने खालको भयावह अवस्था र परिणामलाई बुझेरै होला, प्राथमिक तह, आधारभूत तह, प्लस टु, ब्याचलर, मास्टर्स तहमा वातावरण र वायु प्रदुषलाई विषय बनाएर पाठ्यक्रममा समेट्न थालिएको छ ।

प्रतिक्रिया