नेपाल इन्भेस्टमेन्ट मेगाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ३७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सम्पन्न भएको हो । सभाका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यस्तै, साविक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कुल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले वृद्घि भई आर्थिक वर्ष २०७९/०८० को अन्त्यमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७९/०८० को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कुल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो । त्यस्तै, मर्जर पश्चात् यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल सेयरधनी कोष ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । हाल बैंकले २७० शाखा, २६७ एटिएम, १६ राजस्व संकलन काउन्टरसहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङमार्फत ३२ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया