हार्डवेयर लोड रहेको मालवाहक ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । हार्डवेयर सामान लोड रहेको मालवाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी हार्डवेयर बोकेको माल बाहक ट्रक नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.६ ख ४२७१ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर पार्टस लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा पैतिस लाख पन्ध्र हजार चार सय पाँच रूपैयाँ बराबरको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हार्डवेयर पार्टसहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी ध्रव कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया