भन्सार छली गरी ल्याइएको जुत्ता चपल पर्सा बरामद

वीरगञ्ज । भन्सारछली ल्याएको जुत्ता चपल पर्सा प्रहरीले बरामद गरेको छ ।वीरगञ्ज महानगरपालिका ८ घण्टाघरस्थित सडकखण्डमा घरकोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको जुत्ताहरू ६९५ जोर, Super Click Cream-३७ पिस, प्लाष्टिकको लेडिज चप्पल-२६ पिस गरि सात लाख पाँच हजार रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

अनाधिकृतरूपमा भण्डारण गरी राखेकोमा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सो जुत्ताका गोदाम कानूनी रीतपुर्‍याई खानतलासी गरी स्थानीय जनप्रतिनिधीहरूको रोहब्बरमा वेवारिसे अवस्थामा फेला परेको जुत्ताहरू बरामद गरीएको थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ध्रवु कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया