धारिलो हतियार प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

सिरहा । सिरहामा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सिरहा नगरपालिका -६ बसपिट्टाका राम उदगार साहले श्रीमती ६० बर्शिय निर्मला शाहको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन ।

निर्मलाको हत्या गरिएको अबस्थामा शव खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए ।

हत्या आरोपमा श्रीमान राम उदगारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । श्रीमान राम उदगारले घरायसी विवादमा श्रीमतीको हत्या गरेको बताइएको छ ।

प्रतिक्रिया