महोत्सवमा बोलाएर प्रभु साहले बेइज्जती गरेको कलाकार किरणको आरोप

रौतहट । जिल्लाको मौलापुर नगरपालिकामा सम्पन्न भएको ५औँ मधानी महोत्सव २०८० को विषयलाई लिएर आमन्त्रित कलाकार र आयोजकबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । फाल्गुन २५ गते मधानी महोत्सवको उदघाटन समारोहमा बोलाएर रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले अपमान गरेको भनी स्थानीय कलाकार किरण कुमारी साहले आरोप लगाएकी छन् । महोत्सवमा बोलाइएका विदेशी कलाकार तथा नेपाली चलचित्रका कलाकारसँगै टिकटक स्टारको रुपमा चर्चा कमाएकी प्रीति पासवानलाई आयोजकले प्राथमिकता दिएको भनी आक्रोशित भएकी कलाकार किरणकुमारी साहले सामाजिक संजालमार्फत प्रभु साहमाथि अपशव्द समेत प्रयोग गर्दै चिठा खोलदिने धम्की समेत दिएकी हुन् ।

सामजिक सञ्जाल फेसवुकमार्फत लाइभ बसेकी किरणले प्रस्तुति गर्न दिनु थिएन भने किन बोलाएको भनी प्रश्न गरेकी छन । किरणले विदेशी कलाकारसँग नाम नै नभएको युवतीलाइ नाच्न दिएको प्रति आपत्ति जनाएकी छन् ।

स्थानीय कलाकार साहले दोस्रो पटक बेइज्जती गरेको दावी गरेकी छन् । २ बर्ष अगाडी भोजपुरी कलाकार खेसारी लाल यादव आएको बेला पनि बेइज्जती गरेपनि केहि नबोलेको र दोस्रो पटक बोलाएर स्टेज मै बेइज्जती गरेपछि पीड़ा पोखेको उनले भनेकी छिन ।

किरण कुमारी साहले गरेको दावी लाइ गलत सावित गर्न मौलापुर नगरपालिकाले निम्तो नै नदिएको लिस्ट सार्वजानिक गरे लगतै उनले महोत्सवमा आउनु पर्ने कुरो गरेको स्वकीय सचिव यादवको आडिओ रेकर्ड सार्वजानिक गरेपछि सामाजिक संजाल अहिले तातिएको हो । संचारकर्मीसँग कुरो गर्दै साहले स्टेजमा प्रस्तुति गर्नलाइ आग्रह पटक पटक गर्दा हुन्छ हुन्छ भन्दै मौका नदिएकोले आफ्नो समर्थकबाट आलोचित भएको गुनासो गरिन्

प्रतिक्रिया