सर्लाहीमा चार राउण्ड गोलीसहित दुई जना पक्राउ

लालबन्दी । सर्लाहीमा चार राउण्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला सदरमुकाम मलंगवा नगरपालिका– १ भेडियाहिका वर्ष २१ का पोसन महरा र बागमती नगरपालिका– ८ का वर्ष २४ का रन्जीत राम रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बागमती– १० स्थित सोल्टी नहरको बाटोमा चेकजाँचमा खटिएका प्रहरीले गोलीसहित पक्राउ गरेका हुन् । बिआर ३० डब्ल्यु ५८८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई हातहतियार खरखजाना ऐन अनुसार मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया