पर्साको भिस्वामा पसलबाट सामानसहित लाखौँ नगद चोरी

पर्सा । पर्साको भिस्वामा किराना पसलबाट सामानसहित लाखौँ नगद चोरी भएको छ । सिमावर्ती बजार भिस्वामा गएराति एक किराना पसलबाट सामानसहित लाखौँ नगद चोरी भएको प्रहरीले जनाएको छ ।

छिपहरमाई गाउँपालिका–५ भिस्वा बजारमा रहेको हरि कुशवाहाको किराना पसलबाट गएराति अज्ञात चोरहरुले पछाडिबाट ढोकाको ताल्चा फोरेर चुरोटको डब्बालगायत अन्य विभिन्न किसिमका सामान र नगद गरी १० लाख मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको हो ।

चोरहरुले पसलको अगाडिबाट सिसि केमरा फुटाएर चोरी गरेका छन् । घटनास्थलमा पुगेका ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीको नेतृत्वमा पुगेर भिस्वा बजारमा लगाएको सिसि केमरामा चेकजाँच गरेका छन् । उनले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया