राजविराज । सप्तरीको राजविराज–कुनौली सडकखण्डमा पुरुषको शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज–कुनौली सडकखण्डमा पर्ने लचका पुलमुनि म. प्र ३०६१ नम्बरको मोटरसाइकलसहित एक पुरुषको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी २५–३० वर्ष उमेरका युवाको शव फेला परेको र नामथर, वतन नखुलेको प्रहरीले जनाएको छ । शनिबार बिहान नदीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान नखुलेको रअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया