वनका सुरक्षाकर्मीको नियन्त्रणमा रहेका लामाको रिहाईको माग गर्दै युवा संघको प्रदर्शन

रौतहट । नेकपा एमालेको जनबर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यको रिहाईको माग गर्दै युवा संघका कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन् । डिभिजन वन कार्यालय रौतहटले २२०० क्युफिट काठ लिलामीको गोप्य सुचना निकालेको बिषयमा बिरोध गर्न पुगेका केन्द्रीय सदस्य बिक्रम लामालाई पक्राउ गरिएको थियो । वनका सुरक्षाकर्मीले षड्यन्त्र पूर्वक पक्राउ गरेको भन्दै लामाको रिहाईको माग गर्दै शुक्रबार वन कार्यालय अगाडी युवा संघ तथा नेकपा एमालेका कार्यकर्ताले पूर्व पच्छिम राजमार्ग जाम गरेर प्रदर्शन गरेका हुन् ।

डिभिजन वन अधिकृत शैलेन्द्र कुमार मिश्र र सब वनडिभिजन कार्यालय जुडिबेलाका प्रमुख सुरेश महतोको मिलेमतोमा गोप्य रूपमा बिक्री वितरण गर्न लागेको थाहा पाएपछि लामा पनि काठ किन्न पाउनुपर्ने भन्दै टेन्डर फाराम लिन गएपछि उनलाई सुनियोजित रूपमा नियन्त्रणमा लिइएको युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादवले बताए ।

वन कार्यालयको प्रमुखको जिम्मेवारी पाएको दिनदेखि नै मिश्रले काठ तस्करी, चोरीको कार्य गराउदै आएको यादव आरोप छ, चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महादेवस्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशव पुलामीले दिएको उजुरीका आधारमा लामालाई डिभिजन वन कार्यालय रौतहटले पक्राउ गरी हिरासतमा राखेको हो ।

महादेव स्थान सामुदायिक वन उपभोक्ता समूहमा रहेको २२०० क्यु फिट काठ बिक्रीका लागि सर्लाहीका काठ व्यापारी राज खड्कासँग अध्यक्ष पुलामी र सहायक वन अधिकृत महत्वले एक वर्ष पहिला नै पैसा लिइसकेको प्रदर्शनमा उत्रेका युवा संघको कार्यकर्ताहरुको आरोप छ ।

प्रतिक्रिया