एमालेकाे प्रमुख सचेतकमा महेश र सचेतकमा सुनिता

काठमाडौँ । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला तोकिएका छन् । बर्तौला यसअघि सचेतक रहेका थिए । प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् ।

त्यस्तै सांसद सुनिता बराल सचेतक बनेकी छन् । बराल समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया