नुवाकाेटका छेवाङको हत्या गरि २३ वर्षदेखि फरार रहेका प्रेमबहादुर सिआइबीकाे फन्दा

काठमाडौं । प्रहरीले हत्याका आरोपीलाई २३ वर्षपछि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २३ वर्षपछि एक जना हत्याका आरोपीलाई पक्राउ गरेको एसपी होबिन्‍द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का ४४ वर्षीय प्रेमबहादुर तामाङ छन् । उनीमाथि २०५७ माघ १६ गते साबिक ध्याङफेदी गाविस वडा नम्बर ३ मा मख्खु भन्ने छेवाङ तामाङको हत्या गरेको आरोप छ ।

आफन्तको घरमा त्यसराति घेवा मान्न जाँदा नाँचगान गर्नेक्रममा प्रेमबहादुरले छेवाङमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए । त्यस दिन दिउँसो छेवाङ र स्थानीय छट्टु तामाङबीच भएको झगडाको विषयलाई लिएर प्रेमबहादुरले छेवाङको हत्‍या गरेको प्रहरीले जनाएको छ ।

त्यसदिनपछि फरार रहेका उनलाई प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीबाट सोमबार पक्राउ गरेको हो । थप कारबाहीका लागि सिआइबीले उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाएको छ।

प्रतिक्रिया