‘ब्युटी विथ पर्पस’को शीर्ष १० मा नेपालकी प्रियंकारानी

काठमाडौं । मिस वर्ल्डको ७१औँ संस्करण भारतमा चलिरहेको छ । जहाँ मिस वर्ल्डको महत्त्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को शीर्ष १० मा नेपालबाट प्रियंकारानी जोशी परेकी छिन् । मिस वर्ल्डले अफिसियल फेसबुकमार्फत टप १० को नाम सार्वजनिक गरेको छ । जसमा नेपालसहित ब्राजिल, चेक रिपब्लिक, बोत्स्वाना, इण्डोनेसिया, तान्जानिया, ट्रिनिडाड एन्ड टोबागो, युगान्डा, टर्की र युक्रेन समेत छनोटमा परेका छन् ।

प्रियंका यसअघि हेड टु हेड च्यालेन्जको उत्कृष्ट २५ मा छनोट भएकी थिइन्। आउँदो शनिबार मुम्बईमा मिस वर्ल्डको फिनाले हुँदै छ । जहाँ सबै विधाका विजेताहरु घोषणा गरिनेछ । मिस नेपाल वर्ल्ड २०२२ की प्रियंकाले ब्युटी विथ पर्पस को लागि चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित अपरदाङगढीमा केन्द्रीय विद्युत प्रसारणलाइन पुर्‍याउन पहल गरेकी थिइन् ।

प्रतिक्रिया