हङकङमा हुने टी–२० शृंखलाका लागि नेपाली टिम घोषणा

काठमाडौं । हङकङमा हुने टी–२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेका छन् । नेपाली टिममा आकाश चन्द र लोकेश बमले स्थान बनाउँदा अनिल साह, आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीलाई आराम दिइएको छ ।

नेपालले मार्च दोस्रो सातादेखि सुरु हुने टी-२० शृंखलाका लागि हङकङको भ्रमण गर्दैछ । मार्च ९ देखि १३ सम्म हुने शृंखलामा नेपाल र हङकङसँगै पपुवा न्युगिनी (पीएनजी) को सहभागिता रहने छ ।

नेपाली टिम :

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अभिनाश बोहरा ।

प्रतिक्रिया