फ्रेन्च महिला लिगमा साम्बाको डेब्यु गोल

काठमाडौं । फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले डेब्यु गोल गरेकी छन् । शनिवार भएको खेलमा उनले डेब्यु गोल गरेकी हुन् ।

सावित्राले इए गुइगाम्पका लागि खेलिरहेकी छन् । सो क्रममा उनले लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास रचेकी हुन् ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी उनले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् । गुइगाम्पका लागि पहिलो गोल भने एन्टोनिए स्टारोभाले गरेकी थिइन् ।

स्टारोभाले ५२औं मिनेटमा गोल गरेकी थिइन् । सावित्राले युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी छन् ।

प्रतिक्रिया