चितवन घटनाको गहन अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले चितवन घटनाको गहन अनुसन्धान गरी छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कार्वाहीका गर्न सरकारसँग माग गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

कांग्रेसले भनेको छ, – ‘चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केहि दिन अघि सोही स्कूलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणहरुप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैंमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ । नेपाली कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कार्वाहीका लागि सरकारसँग जोडदार माग गर्दछ ।’

प्रतिक्रिया