‘यही संविधान मान्छु भनेर शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न पाइन्छ ?’

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद्‌मा व्यवस्थाविरुद्ध सांसदहरुले अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलल यो व्यवस्थालाई मान्छौं भनेर संसदमा शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न नमिल्ने बताए ।

उनले भने, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता जस्ता प्रणाली ल्याउनको लागि हजारौंको बलिदान, रगत र पसिनाबाट आएको हो। हामीले यो व्यवस्थालाई मान्छौं भनेर संसदमा शपथ खाएका हुन्छौं । शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं । तर, यहाँ दिनदिनै व्यवस्थाको विरोध गरेका सुन्छौं । र शपथ खाएर आइसकेपछि, संविधान मान्छु भनिसकेपछि यो प्रणालीको विरोध गर्न पाइन्छ ?’

प्रतिक्रिया