नागरिकसँग संवाद गर्न इलाम-२ का ६ पालिकामा रास्वपाले ६ सांसद पठाउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ का ६ पालिकाका नागरिकसँग संवाद गर्न केन्द्रीय नेतालाई पठाउने भएको छ । उपनिर्वाचनको मिति तोकिएपछि चुनाव केन्द्रित छलफलका लागि ६ जना सांसदलाई पठाउन लागिएको रास्वपाले जनाएको छ । केन्द्रीय सदस्य एवम् सांसदहरु सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिका जाने भएका छन् ।

रास्वपाका अनुसार ६ सांसदहरु शुक्रबार साँझ इलाम पुग्ने छन् । १९ फागुनमा पालिकाहरुमा हुने नागरिकसँगको संवादमा सहभागी हुने गरी कार्यक्रम तय गरिएको छ । क्षेत्रगत अवस्था बुझ्नका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाममा पठाइसकेको छ ।

प्रतिक्रिया