राजन बने सर्वोत्कृष्ट

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिकासम्बन्धी सूूचना सामग्री प्रमाणीकरण चिन्ह (प्रतीक चिन्ह) प्रतियोगितामा कलाकार राजन काफ्ले सर्वोत्कृष्ट भएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा परिषद्ले प्रतीक चिन्ह सिर्जनाका लागि आयोजना गरेको खुुला प्रतियोगितामा सर्वोत्कृष्ट कलाकारका रुपमा काफ्लेलाई सोमबार पुरस्कृत गरियो । उनलाई सम्मान पत्रका साथै नगद २० हजारबाट पुुरस्कृत गरिएको परिषद्का उपाध्यक्ष बम बानियाँले जानकारी दिए ।

नक्सालस्थित प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा उपाध्यक्ष बानियाँले छानिएको प्रतीक चिन्हले बालबाालिकाको अधिकार र स्वतन्त्रतालाई कलात्मक रुपमा चिनाउने बताए । छनोट समितिका सदस्य प्राज्ञ वासुदेव श्रेष्ठले प्रतियोगितामा छानिएको प्रतीक चिन्हले बालबालिकाको अधिकारसँगै सात प्रदेश र स्वतन्त्रताको विषयलाई बिम्बात्मक रुपमा उठान गरेको सुनाए । पुरस्कृत कलाकार काफ्लेले प्रतीक चिन्ह सरोकारी संस्थाको उद्देश्यलाई समेट्ने गरी तयार पारेको बताए । सो कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतीक चिन्ह समयसापेक्ष रहेको विचार व्यक्त गरे ।

प्रतियोगितामा सहभागी अन्य कलाकारलाई समेत प्रशंसा–पत्र प्रदान गरिएको थियो । प्रतियोगितमा आदेशराज शर्मा, भुुषण राजभण्डारी, दिपा गुुरुङ, इन्द्र श्रेष्ठ, कपिल रोकया, खिमराज श्रेष्ठ, निश्चल पराजुुली, प्रतिभा खड्का, राजन काफ्ले, रोजिन नापित र सुुयोग काफ्ले गरी ११ जना कलाकारको सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुुलपति लालकाजी लामा, सदस्य–सचिव देवेन्द्रकुुमार काफ्ले ‘थुम्केली’, प्राज्ञसभा सदस्य बासुुदेव श्रेष्ठ, प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारी, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकाल, बोर्ड सदस्य भीमलाल गुुरुङ, परियोजना संयोजक केशव चालिसेका साथै प्रतियोगितामा सहभागी कलाकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया