जनप्रगतिशील मञ्च युकेको अध्यक्षमा स्याङ्तान

काठमाडौं । नेकपा माओवादीको प्रवास संगठन ‘नेपाली जनप्रगतिशील मञ्च, युके’ को पाँचौँ अधिवेशनले नवीन स्याङ्तानको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

आइतबार गरिएको अधिवेशनले उपाध्यक्षमा वृजम राई, राजमणि राई तथा प्रेम तामाङ चयन गरेको छ । यसैगरी महासचिवमा निर्भीक रायमाझी ‘दृष्टान्त’ सचिवमा प्रकाश दोङ, पूर्णिमा स्याङ्तान रहेका छन् । कोषाध्यक्षमा पृथिलाल याख्खा र सहकोषाध्यक्षमा आशिष खड्का रहेका छन् ।

यसैगरी सदस्यहरू महेन्द्र तामाङ, सन्दीप थापा, मीरा तामाङ, देऊमान जिमी, कन्चन थापा, अन्जु मोक्तान, देऊमान जिमी, दिनेश राई, प्रदीप राई, श्रीराम बिक, कृष्ण भट्टराई, राजकुमार तामाङ, सन्दिप थापा, अमित खड्का, छविलाल राणा सुजन पराजुलीलगायत रहेका छन् ।

अध्यक्ष स्याङ्तानको टोलीले मुख्यगरी पाँचवटा विषयलाई उठान गरेको छ । नेपालको संविधान र कानुनलाई लत्याउँदै विदेशी पासर्पोट बोकेर नेपालीको राजनीति गर्नेहरुविरुद्ध प्रस्तुत भएको छ ।

यस्तै, अति जातिवादी तथा एकल समुदायको प्रतिनिधित्वको गरी युके र युरोपमा माओवादीको संगठनको दुरुपयोग गर्नेविरुद्ध आवाज उठाएको छ । यस्तै, युकेमा रहेका विद्यार्थी तथा श्रमजीवि युवाहरूलाई जथाभावि भनी हुर्मत लिनेलाई चेतावनी दिएको छ ।

प्रतिक्रिया