रकुलको लगनगाँठो

मुम्बई । बलिउड अभिनेत्री रकुलप्रीत सिंह विवाहबन्धनमा बाँधिएकी छन् । उनले निर्माता ज्याकी भगनानीसँग विवाह गरेकी हुन् । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूले बुधबार गोवामा विवाह गरेका हुन् । उनीहरूको विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्र सहभागी थिए । अभिनेत्री रकुलले आफ्नो विवाहमा तरूण तहिलियानीले डिजाइन गरेको लेहेंगा लगाएकी थिइन् । रकुल र ज्याकीले दुई वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

सन् २००९ मा कन्नड चलचित्र ‘गिली’ बाट अभिनयमा पाइला टेकेकी रकुलले सन् २०१४ मा ‘यारियाँ’ बाट बलिउडमा समेत डेब्यु गरेकी थिइन् । उनका प्रेमी ज्याकी ‘कठपुतली, गणपत, मिसन रानीगन्ज, बडे मिया छोटे मिया’ लगायत चलचित्रका निर्माता हुन् ।

प्रतिक्रिया