सानिमा रिलायन्सको सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असहाय व्यक्तिलाई एक लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । रोटरी क्लब अफ् नारायणगढले आयोजना गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीका डेपुटी सीईओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधानलगायतको उपस्थिति रहेको थियो ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ वटा कृत्रिम खट्टा र ३ वटा हात प्रदान गरेको थियो ।

प्रतिक्रिया