नेपाल एसबिआई बैंकद्वारा वृक्षारोपण

काठमाडौं । नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक आलोककुमार चौधरीको नेपाल भ्रमणका दौरान वृक्षारोपण गरिएको हो ।

चौधरीले पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपणको शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, सल्लाहकार छपिराज पन्त, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया