विश्वकप क्रिकेट लिग–२ : नामिबियाविरुद्ध नेपाल टस हारेर पहिला ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नामिबियाविरुद्ध नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाले पहिला फिल्डिङ रोजेको हो । अहिले साढे ९ बजेदेखि सुरु हुनेछ ।

नेपालले टोलीमा आज करण केसीलाई समेटेको छ । गुलशन झाको ठाउँमा केसी समेटिएका हुन् । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।

नामिबिया र नेदरल्यान्ड्सबीच अस्ति सोमवार भएको खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र नामिबियाबीच अहिलेसम्म ७ वटा खेल भएका छन् । नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित हुँदा एउटा खेल नतिजाविहीन भएको छ ।

नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार साह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल रहेका छन् ।

प्रतिक्रिया