पर्सा । बालविवाहलाई सम्बोधन गर्न किशोरकिशोरीहरूलाई सशक्त बनाउने उदेश्यबारे पालिकास्तरीय सरोकारवालासँग अभिमुखीकरण तथा समन्वय बैठक पर्साको सखुवाप्रसौनी गाउँपालिकामा सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोग र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बालविवाह रोकथाम गाउँपालिका मुक्त बनाउने गाउँपालिका अध्यक्ष यसवन्त यादवले घोषणा गरे । बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई सहयोग गरिने अध्यक्ष यादवले बताए । यस अभियान पुरानो भए पनि पहिलादेखि नै बालविवाहमा धेरै कमी देखिएको उनले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्टले भनिन्, ‘बालविवाह रोक्न विद्यालयमा अभिभावक र छात्र, छात्रालाई प्रशिक्षण दिनुपर्नेमा जोड दिइन् । अभिमुखीकरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद रौनियारले पनि सम्बोधन गरेका थिए ।
बालविवाहले शारीरिक अवस्था कमजोर हुने भएका कारण आफ्ना छोराछोरीलाई २० वर्ष उमेर पुगिसकेपछि विवाह गर्ने बताए । सानो उमेरमा विवाह गर्दा शारीरिक र मानसिक रूपमा परिपक्व नभएका कारण अकाल मृत्यु पनि हुने र कानुनी अपराधको रूपमा पनि मानिएको छ ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रम उपाध्यक्ष शर्मिला बिष्ट, प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद रौनियार, वडा अध्यक्ष अषेशर यादव, बासुदेव महतो, संस्थाका अध्यक्ष इब्राहिम देवान लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया