पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेकी ३५ वर्षीया गोमा फियाकलाई उनकै श्रीमानले खुकुरी प्रहार गरि हत्या गरेका छन् । बिहिबार साँझ ८ बजे तुम्वेवा ४ स्थित घरबाट मिक्लाजुङ ३ मा रहेको ससुराली घर पुगेका ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गर्दा फियाकको मृत्यु गएको हो । उक्त घटना जिल्ला प्रहरी कार्यालय पाँचथरका (सूचना अधिकारी) सुमित कुश्वाहाले जानकारी दिए ।
सुचना अधिकारीका अनुसार खुकुरी प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छिमाया फियाक घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि दमक तर्फ पठाइएको छ । गोमा मिक्लाजुङ ३ स्थित माइती घरमै बस्दै आएको अवस्था थियो ।
यसैबीच ससुराली घर आइपुगेका कुरुम्वाङ र विवाद मिलाउन बसेका बखत खुकुरी प्रहार भएको स्थानीयले जनाएका छन् । कुरुम्वाङले पत्नी सासु र छिमेकीलाई हतियार प्रहार गरेका थिए ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरिक्षक दिवस कुँवरको कमाण्डमा प्रहरी टोली घट्नास्थल पुगेको जनाएको छ । यस्तै इलाका प्रहरी कार्यालय रबिबाट समेत प्रहरी टोली परिचालन भएको कुशवाहले बताए । आफ्नी पत्नीको हत्या पश्चात कुरुम्वाङ फरार रहेको र खोजीका लागि स्थानीय र प्रहरी खटिएको छ ।
प्रतिक्रिया