पाँचथर । पाँचथरको फिदिम नगरपालिका– मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालय खुलेको छ । उक्त सम्पर्क कार्यालय मंगलबार खुलेको रास्वपाले जनाएको छ । कार्यालय साम्दिन घुम्ती बुद्ध अधिकारीको घरमा रहेको जनाइएको छ ।
नगरपालिका– २ का पार्टी संयोजक रञ्जन ओझाका अनुसार कार्यालय खुलेसँगै पार्टीका गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउन र सहजीकरण हुने छ । संयोजक ओझाले भने, ‘सुशासन, राष्ट्र निर्माण, समृद्धि र भ्रष्टाचार रहित समाज निर्माणका लागि योगदान दिन चहाने सम्पूर्ण व्यक्तित्वहरुलाई पार्टीमा जोडिन अनुरोध गर्दछु ।’
प्रतिक्रिया