नगरस्तरीय पाँचौं राष्ट्रपति शिल्ड फिदिम माविलाई

पाँचथर । फिदिम नगरपालिकास्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड फिदिम माविले यस पटक पनि हात पारेको छ । मावि चौथो रनिङ शिल्डमा विजय भएको थियो ।

प्रतियोगितामा माविले खेलमा ६८ मध्ये ४१ स्वर्ण, १२ रजत र ८ काश्य पदक जित्दै फिदिम माध्यमिक विद्यालय फिदिम नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको विजेता बन्न सफल भएको हो ।

बिहीबार सम्पन्न प्रतियोगितामा रानिटार मावि ७ स्वर्ण, ८ रजत र ६ काश्य पदक जित्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ । यस्तै नयाँ नमुना मावि फिदिमले ४ स्वर्ण, ३ रजत र ५ काश्य पदक जित्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।

तीन दिनअघि सुरु भएको प्रतितयोगितामा फिदिम नगरपालिकाका १७ वटा माध्यामिक विद्यालयहरु सहभागी थिए । विजेता, उपविजेता विद्यालय र खेलाडीलाई प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । उक्त विजेताको जानकारी प्रधानाध्यापक विनोदकुमार ठाकुरले दिए ।

प्रतिक्रिया