कुम्मायकमा छोराले धकेल्दा बुवाको मृत्यु

पाँचथर । कुम्मायक गाउँपालिका–१ गैरीगाउँमा बुधबार छोराले धकेल्दा बुवाको मृत्यु भएको छ। सामान्य विवादको क्रममा ४५ वर्षीय छोरा घनेन्द्र तामाङले धकेल्दा बुवा ८३ वर्षीय चन्द्रमान तामाङको मृत्यु भएको हो ।

छोराले धकेल्दा भित्तामा ठोक्किन पुगेका वृद्धको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवश कुँवरले बताए ।

पैसा माग्दा नदिएपछि विवाद हुँदा घनेन्द्रले बुवालाई धकेलेको बुझिएको छ । मंगलबार साँझ छोराहरु घनेन्द्र र ४० वर्षीय देवेन्द्रसँग पनि चन्द्रमानको विवाद भएको बुझिएको छ । घटनापछि प्रहरीले दुवै छोरालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया