पाँचथरमा गाडीबाट खसेर एमालेको सभामा सहभागी हुन आएका प्रेम संग्रौलाको मृत्यु

पाँचथर । नेकपा एमालेको सभामा सहभागी हुन आएका ४५ वर्षीय प्रेम संग्रौलाको मृत्यु भएको छ । फिदिममा आयोजना गरएिको सभामा सहभागी भएर फर्किने क्रममा शनिबार हिलिहाङ गाउँपालिका– ५ का प्रेम संग्रौलाको घटनास्थलमै मृत्यु भएको हो ।

एमालेको बृहत सभामा सहभागी भएर फर्कने क्रममा जोरसाल नजिकै गाडीबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिममा सभा सकेर टिपरको डालोमा बसी घर फर्किंदै गर्दा झरेर फिदिम– ४ जोरसाल बजार नजिकै मध्यपहाडी राजमार्गमा उनको मृत्यु भएको प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए ।

प्रतिक्रिया