एमालेको झुलाघाट चिवाभञ्ज्याङ यात्रा तयारी पाँचथरमा पुरा

पाँचथर । नेकपा एमालेको झुलाघाट चिवाभञ्ज्याङ यात्राको तयारी पाँचथरमा पुरा भएको छ । एमालेले समृद्धिका लागि संकल्प यात्राको मंसिर १४ गतेबाट अभियान सुरु गरेको थियो । पुस १ गते मध्यपहाडी लोकमार्गको बिन्दु चिवा भञ्ज्याङमा सम्पन्न गर्ने कार्य प्रेस नोटमार्फत सार्वजनिक गरेको हो ।

उक्त अभियान यात्रामा पार्टी अध्यक्ष केपी शर्मा ओली ३० गते पाँचथर जिल्लाको सदरमुकाम फिदिम आइपुग्ने जनाइएको छ । अध्यक्ष ओलीले पुस १ गते याङवरक पालिका चिवाभञ्ज्याङमा समापनमा सम्बोधन गर्ने तय भएको छ ।

एमालेको झुलाघाट चिवाभञ्ज्याङ यात्रा लक्षित गरेर कोशी प्रदेश नामाकरणको विरोध जनाउँदै पहिचान पक्षधरले मंगलबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यो यात्रा कसैप्रति नभएर देश निर्माणमा सबैको लागि भएको भन्दै आन्दोलन पक्षधर र प्रतिपक्षी दलमाझ वार्ता र संवाद गर्न तयार भइरहेको एमाले केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङले पत्रकारलाई जवाफ दिएका थिए ।

एमालेले मेची अञ्चल भरिका एमालेहरुले बृह्त भेला फिदिममा आयोजना गरेको छ । भेलामा जनसांस्कृतिक महासंघको प्रस्तुति, विभिन्न जातजातिको झाँकीसमेत प्रस्तुत गरिने महासंघका केन्द्रिय उपाध्यक्ष भुमिका सुब्बाले जानकारी दिइन् ।

प्रतिक्रिया