मोरङले जित्याे प्रथम किराँत गोल्डकपकाे उपाधि

पाँचथर । फिदिममा सम्पन्न प्रथम किराँत गोल्डकपको उपाधि डांगी हर्ट फुटबल क्लब मोरङले जितेको छ । शनिबार भएको फाइनल खेलमा विर्तामोड युनाइटेड झापालाइ २—१ गोल अन्तरले हराउदै मोरङले उपाधि जितेको हो । उपाधीसँगै मोरङले ४ लाख ४ हजार ४ सय ४४ रुपैया प्राप्त गर्यो भने, झापाले २ लाख २ हजार २ सय २२ रुपैया पायो ।

मोरङको जितमा सञ्जय राइ र उमेश धिमालले १—१ गोल गरे । झापाको तर्फबाट योगेस गुरुङले १ गोल फर्काएका थिए । किराँत गोल्डकपको सर्बोत्कृष्ट खेलाडीे मोरङका अभिशेख लिम्बू घोषित हुदै २५ हजार रुपैया पुरस्कार पाए ।

गत मंसिर १६ गते देखी पाँचथर सदरमुकाम फिदिम माविको खेलमैदानमा सञ्चालन भएको वाइवाइ प्रथम अन्तराष्ट्रिय गोल्डकप सञ्चालन भएको थियो । प्रतियोगितामा नेपालका ए डिभिजन क्लब सहित नेपाल तथा भारतका ८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया