पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपन्यास लोकार्पण

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास अपराजिता प्रकाशित भएको छ । शुक्रबार काठमाडौंमा भएको एक समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चन्दको अपराजिता लोकार्पण गरेकी हुन् ।

भण्डारीले उपन्यासमा सुदूरपश्चिमको सामाजिक, आर्थिक र धार्मिक परिवेशबारे वर्णन् गरिएको कार्यक्रममा बताएकी थिइन् ।

लेखकले उपन्यासका पात्रहरुको माध्यमबाट क्रान्तिको नाममा निर्दोष मानिसको हत्या र हिंसा गर्ने प्रचलनको विपक्षमा आफ्नो मत प्रकट गरेका छन् ।

उपन्यास अपराजिता सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो । पुस्तकको मूल्य सात सय रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया