बैंकहरूले त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ । चाडपर्व नजिकिएसँगै बैंकहरूलाई त्रैमासिक रिपोट सार्वजनिक गर्ने समय थप गरेको हो ।

त्रैमास समाप्त भएको एक साताभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था रहेकोमा अब केही समय थप गरिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । अब कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समयमा दसैँ बिदा परेकाले समय थप गरिएको उनीहरूको भनाई छ ।

प्रतिक्रिया