काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १६ वर्षदेखि फरार रहेका जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । सिआइबीले १६ वर्षदेखि फरार रहेका जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी ५८ बर्षिय अमरेश कडेललाई चितवनको भरतपुर नगरपालिका ८ गौरीगंजबाट पक्राउ गरेको हो ।
कडेललगायतलाई २०६४ पुस ५ गते साँझ मादक पदार्थ सेवन गरी जिल्ला ललितपुर ठैवमा नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा ललितपुर जिल्ला अदालतबाट दशवर्षको कैद सजाय सुनाइएको थियो ।
अदालतबाट प्रतिवादी अर्जुन कार्की समेतलाई मुलुकी ऐन, जबरजस्ती करणीको महल वमोजिम पाँच बर्ष र सामूहिक करणी गरेको देखिदा सोहि महल बमोजिम थप पाँचबर्ष कैद सजाय निर्धारण हुने गरी फैसला भएको थियो ।
प्रतिक्रिया