प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा मन्त्रिपरिषद् बैठक आह्वान भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भारत भ्रमणबारे छलफल हुने बताइएको छ ।

भारत भ्रमणमा पाँच मन्त्रीसहितको टोली सहभागी हुने सोमबारको संसद् बैठकमा प्रधानमन्त्रीले जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि बुधबार छिमेकी मुलुक भारत प्रस्थान गर्नेछन् ।

भ्रमणका क्रममा सीमा समस्याबारे छलफलसहित केही सम्झौतामा हस्ताक्षर हुने प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया