नगरप्रमुख भामको श्रमदान अभियान (फोटो फिचर)

मुगु । छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले श्रमदान अभियानलाई निरन्तर दिएका छ्न् । ‘टुक्रे योजना बन्द गरी सान योजना श्रमदानबाट निर्माण गर्नुपर्छ’ भन्ने मान्यता बोकेका नगरप्रमुख भामले श्रमदान अभियानलाई निरन्तरता दिएका हुन् ।

हरेक शनिबार श्रमदान गर्ने नगर प्रमुखको कार्यतालिका अनुसार शनिबार छायाँनाथ रारा नगरपालिका– ४ गमगढी बालै सडकको बोटुधारामा बिश्रामस्थल निर्माण गरिएको छ । देशमा आर्थिक संकट छ ।

टुक्रे योजना विकासभन्दा कमाई खाने माध्यम मात्र भएको देखिएकाले यस्ता योजना बन्द गरी श्रमदानबाट निर्माण गर्ने नगरप्रमुख भामले बताए । उनका अनुसार श्रमदान पाँच वर्षको कार्याकालभर हरेक शनिबार सञ्चालन गरिने छ ।

यसअघि पनि श्रमदानबाट बसपार्क निर्माण, खानेपानी निर्माण, चैन खोला गोरेटो बाटो निर्माण, चैन खोला नाला निकास, ठिनि खानेपानी निर्माण र झारी गमगढी खानेपानी मर्मत गरिसकेको नगरप्रमुख भामले बताए ।

शनिबार निर्माण भएको बिश्रामस्थल करिब १ लाख ५० हजारसम्मको लागत निर्माणमा बन्ने भए पनि नगरप्रमुखको अगुवाईमा नगर प्रहरी, पत्रकार, कर्मचारी र स्थानीयको सहयोगको श्रमदानबाट निर्माण गरिएको प्रमुख भामले बताए । यो अभियान निरन्तर जारीरहने उनको भनाइ छ ।

प्रतिक्रिया