पहिरो प्रभावित क्षेत्रमा सांसद जोशीको टाेली

बझाङ । प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीको नेतृत्वको टोलीले खप्तडछान्ना गाउँपालिकामा डेढ बर्ष अगाडि गएको बाढी पहिरोका कारण क्षति भएका संरचनाहरूको निरिक्षण तथा अनुगमन गरेको छ । टोलीले मंगलवार खप्पतडछान्ना गाउपालिकाका वडा १ देखि ७ सम्म जोड्ने सडक, पक्कि पुल, घर र बाढी पहिरो पीडितहरुको अवस्थाको वारेमा जाँच बुझ गरेको हो ।

अनुगमनका क्रममा बाढी पहिरो आएको डेढबर्स वितिसक्दा पनि सरकारी निकायबाट कुनै पनि राहत तथा क्षतिपूर्ती नपाएको बाढी पीडितहरुले गुनासो गरेका थिए । निरिक्षण टोलिमा रहेका खप्पडछान्ना गाउँपालिका अध्यक्ष उत्तम रोकायाले बाढी पहिरो पीडितहरुका लागि पटक पटक केन्द्र सरकार प्रदेश सरकारसँग समन्वय गरेको भएतापनि कुनै पनि साथ सहयोग नभएको गुनासो गरे ।

अध्यक्ष रोकायाले भने, ‘तत्कालिन प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्री र सभामुख आएर स्थलगत अध्यायन गरेको भए पनि हाल सम्म बाढी पहिरो पीडितहरुको गुनासो सुनुवाइ भएको छैन । अहिलेसम्म पूर्ण घरहरुको क्षती भएका परिवारलाइ केही राहत दिन सकिएको छैन् ।’

त्यस्तै प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले वाढी पहिरोले भत्काएका सरकारी संरचना सडकको बैकल्पिक उपाय, पक्किपुलको अवस्था र बाढी पीडितको अवस्थाको बारेमा बुझ्न आउदा सार्है दयनीय अवस्था भएको बताए । उनले यी संरचना निर्माण गर्नका लागि समन्धीत ठाउँमा पहल गर्न कुनै कसर बाकी नराख्ने समेत बताए । अनुगमनमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलगायत सुरक्षा निकाएका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया