जगदम्बा मोटर्सको टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’

काठमाडौं । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । यस योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा ६ हजारसम्मको स्योरसट नगद छुट पाउनेछन् ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, बेगो एफआईलगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्रीवितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

टीभीएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सीसीको स्कुटर हो जसमा भएको बीएस ६ र आरटी एफआई इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बीएचपीभन्दा बढीको पावर जेनेरेट गर्छ । यो स्कुटरमा एक्सपी अर्थात् एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेभन्दा अझै पावरफुल भएको अनुभव हुन्छ । यसमा भएको राइड मोड (स्ट्रिट÷रेस) चेन्ज अप्सनले गर्दा आपूmलाई चाहेअनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ । साथै यसमा भएको ब्लुटुथ कनेक्टिभिटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाई सजिलै आफूले चाहे जसरी कन्ट्रोल गर्न पनि सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया