रास्वपाको अल्टिमेटम सकिन लाग्दा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सत्तारुढ दलभित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेताबीच छलफल भएको छ ।

सत्तारुढ दलको मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भागबण्डा अनुरुप गृह मन्त्रालय नदिएका सरकार छाडने दुई दिने अल्टिमेटम सकिन लागेको बेला दुई शिर्ष नेताबीचमा भेटवार्ता भएको हो ।

रास्वपाले माग गरे बमोजिम उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमार्फत उक्त मन्त्रालयको बिबाद हल गर्नुपर्ने रास्वपाको अर्को माग रहे पनि सो बैठक बोलाउने नबोलाउने बारेमा दुवै नेताले केही जनाएका छैनन ।

यद्यपि, रास्वपाको सत्ता बर्हिगमनको चेतावनीलाई लिएर दुवै नेताबीचमा गम्भीर छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया