तीनदिने नेपाल भ्रमणमा आएका मलेसियाली गृहमन्त्री आज श्वदेश फर्कँदै

काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन् । बिहीबार साँझ तीनदिने नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालबाट मलेसिया पठाईने श्रमशक्तिका बारेमा छलफल गरेका थिए ।

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच काठमाडौंको एक होटलमा भेटवार्ता भएको थियो ।

सो भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ ।

‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ। श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ । हामीले त्यसलाई अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भने, ‘नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ, हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ।’

उता मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिए ।

मलेसियाली गृहमन्त्री नासुसन मलेसियाले कामदार अनुकूलको नीति निर्माण गरिरहेको जानकारी दिए । उनले भने, ‘कामदारहरुका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ, मलेसियामा भइरहेका नेपालीहरुको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ ।’

उनका अनुसार मलेसियाललाई हाल अपुग ५ लाख कामदार मध्ये धेरैजसो नेपालवाट लानका लागि आफुहरु तयार रहेकाले नेपाल भ्रमण गरेको जानकारी दिएका थिए ।

प्रतिक्रिया