राजस्व परिचालनको अवस्था नाजुक

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनको अवस्था नाजुक रहेको बताएका छन । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित बलराम–तारा प्रधान इनर्जी ल्याव भवनको मंगलबार उदघाटन गर्दै गत आवको यही समयको राजस्व परिचालन दरको तुलनामा निकै पछाडि परेको उनले बताएका हुन ।

अर्थमन्त्री पौडेलले चालु आर्थिक बर्षमा राजस्व परिचालनमा पछाडि परेका भन्दै पुँजीगत खर्च १४ देखि १५ प्रतिशतसम्म मात्रै भएकोमा पनि असन्तुष्टि जनाए । यही अवस्थाबाट सुधार गर्ने अपेक्षा गर्दै उनले आउने वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता रहेको धारणा राखे । उनले समग्र अर्थ क्षेत्रमा चुनौती रहेकोमा पनि जोड दिएका थिए ।

अर्थमन्त्री पाडैलेले भने,‘ ब्याजदर, महँगी, विदेशी मुद्रास्फीति, व्यापार सन्तुलनका बिषय हामी संग रहेको र आर्थिक दृष्टिकोणले केही चुनौती केही दबाबको सामना गर्दै आइरहनु परेको छ’ । सरकार सामू आर्थिक क्षेत्र सकारात्मक बाउने चुनौती रहेकाले यसलाई सामना गर्दै गतिशील र विकसित आर्थिक अवस्था बनाउने अभियानमा सबैको सहयोगको उनले अपेक्षा गे ।
मन्त्री पौडेलले शिक्षा क्षेत्रको गुणस्तरीयतामा पनि चुनौती रहेकाले युवा जनशक्ति पलायन भएकोमा गुनासो गरे । ‘गुणस्तरीय शिक्षाको खोजी नेपाली युवा संसारका विभिन्न मुलुक जान बाध्य छन्, जसबाट ठूलो रकम विदेशिएको छ’ उनले भने ।

प्रतिक्रिया