महालक्ष्मी विकास बैंकद्वारा सामाजिक कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ अक्षेरुपी बिस हजार रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । सहारा विहीन, अशक्त, असहाय, शारिरीक तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी सहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

त्यस्तैगरी बैंकको सुकेधारा शाखाले मैजुहिटी वडा नं ७ काठमाडौंमा अवस्थित टोखा ज्येष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ । नगरपालिकाका वडा नं १ देखि ११ सम्मका ज्येष्ठ नागरिकलाई पर्नसक्ने कठिन कार्यमा सहयोग पु¥याउनका लागि स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैंकले टेबुल प्रदान गरेको हो ।

बैंकको चन्द«ौटा शाखाले पनि शिवराज नगरपालिका वडा नं ५ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्म अध्ययनरत १८६ जना विद्यार्थीहरुलाई स्वीटर हस्तान्तरण गरेको छ । विद्यालय अवस्थित क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्य र अध्ययनमा पर्नसक्ने प्रभावलाई ध्यानमा राखेर बैंकले स्वीटर प्रदान गरेको हो ।

प्रतिक्रिया