टीकापुर घटनाको सुनुवाइ हुँदै आज

काठमाडाैं । २०७२ भदौ ७ गते घटेकाे टीकापुर घटनाकाे सुनुवाइ मंगलबार हुँदैछ। यसअघि ८ पटकसम्म साधारण तारिक र ५ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज सर्वाेच्च अदालतमा बहस हुन लागेकाे हाे । टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दाेलन भएकाे थियाे । साेही क्रममा टीकापुर घटना घटेकाे हाे । घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

करिब त्यसको २ वर्षपछि पनि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । घटनापछि सत्यतथ्य पत्ता लगाउन बनाइएको लाल आयोगले अहिलेसम्म प्रतिवेदन पेस गरेकाे छैन ।

प्रतिक्रिया