एमाले निकट अखिलमा काे काे छन् अध्यक्षका आकांक्षी ?

काठमाडाैँ । एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनकाे तयारी तीव्ररूपमा हुँदै छ । २०७२ साल पछि हुन नसकेकाे महाधिवेशन यहीं फागुन २–४ सम्म काठमाडाैंमा हुने भएकाे हाे । विधान अनुसार हरेक २ वर्षमा हुने महाधिवेशन लामाे समय राेकिदा अध्यक्षका आकांक्षी पनि बढेका छन् । अध्यक्षको लागि तयारी गरिरहेकाहरुमा झपिन्द्र खत्री, आरसी लामिछाने, समिक बडाल, वाङछु योञ्जन, लोकेश निरौला, उमेश आचार्य, र मोति विक छन् ।

आरसी लामिछाने वर्तमान कमिटिका वरिष्ठ उपाध्यक्ष हुन् भने वाङछु योञ्जन लोकेश निरौला, झपिन्द्र खत्री, उमेश आचार्य, मोति विक वर्तमान कमिटिका उपाध्यक्षहरु हुन् । समिक बडाल महासचिव हुन् । आधा दर्जन आकांक्षी देखिए पनि अन्तिममा झपिन्द्र खत्री, आरसी लामिछाने र समिक बडालबीच नै प्रतिष्पर्धा हुने देखिएको छ !

गत असोज (१–२) काठमाडाैं सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या ३२ बाट १७ मा झार्ने निर्णय गरे पछि पदाधिकारीका आकांक्षीकाे व्यवस्थापन गर्न कठिन हुने देखिन्छ । उक्त निर्णयअनुसार, एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दश सचिव जसमा ३ महिला अनिवार्य र एक कोषाध्यक्ष चयन हुनेछ । केन्द्रीय कमिटी भने १९९ सदश्यीय हुनेछ ।

२२औँ राष्ट्रिय महाधिवेशन (२०७२ फागुन) मा नविना लामाले अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया